
काठमाडौं । घरेलु टोली इङ्ग्ल्याण्डले भारत विरुद्धको तेस्रो टेस्टमा १९३ रनको सामान्य लक्ष्य दिएको छ । पहिलो पारी बराबरीमा सकिएपछि इङ्ग्ल्याडले दोस्रो इनिङमा १९२ रन मात्र जोडे पछि भारतले उक्त लक्ष्य पाएको हो ।
दोस्रो पारीमा इंग्ल्याण्डका लागि जो रुट सर्वाधिक ४० रन बनाए । कप्तान बेन स्टोक्स ३३, ह्यारी ब्रुक २३ तथा ज्याक क्रली २२ रनमा आउट भए । इङ्ग्ल्याण्डलाई कम रनमा नै रोक्न भारतका वासिंटन सुन्दरले ४, मोहम्मद सिराज र जसप्रित बुमराहले समान २ तथा आकाश दिप र नितिशकुमार रेड्डीले समान १ विकेट लिए ।
भारतले आइतवार लक्ष्य पछ्याउन दोस्रो पारीको सुरुवात गरेको छ । उसले पनि दास्रो पारीमा खराब सुरुवात गरेको छ । उसले ४ विकेट गुमाएर ५८ रन मात्रै जोडेको छ । भारतका केएल राहुल ३३ रनमा नटआउट छन् । करुण नायर १४, कप्तान शुभमन गिल ६ तथा आकाश दिप १ रनमा आउट भए । ६ विकेट बाँकी रहँदा भारत लक्ष्यबाट १३५ रन टाढा छ । तेस्रो टेस्टको पहिलो पारीमा दुबै टोलीले समान ३८७ रनमा अल आउट भएको हो । ५ टेस्टको सिरिज १–१ को बराबरीमा छ । पहिलो टेस्टमा इङ्ग्ल्याण्ड र दोस्रोमा भारत विजयी भएको थियो।













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक