
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ । प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको दिल्लीलाई मुम्बईले १२ रनले हराएको हो । मुम्बईले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो ।
दिल्लीका करुण नायरले सर्वाधिक ८९ रन बनाए । अभिषेक पोरेलले ३३ रन जोडे । मुम्बईका करन शर्माले ३ र मिचेल सान्टनेरले २ विकेट लिए । त्यस अघि अरुण जेटली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियो । मुम्बईका तिलक वर्माले ५९ रन बनाए ।
यस्तै रायन रिक्लट्नले ४१ र सूर्य कुमार यादवले ४० रन जोडे । दिल्लीका विपराज निगम, कुलदीप यादवले समान २ विकेट लिए । ५ खेलमा ८ अङ्क जोडेको दिल्ली अङ्क तालिकाको दोस्रो स्थानमा झरेको छ । मुम्बई ६ खेलमा ४ अङ्कसहित सातौं स्थानमा उक्लिएको छ ।
यस्तै हिजोको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैङ्गलुरुले राजस्थान रोयल्सलाई नौ विकेटले पराजित गरेको छ । राजस्थानले दिएको १७४ रनको लक्ष्य पछ्याएको बैङ्गलुरुले १७ ओभर ३ बलमा एक विकेट गुमाउँदै १७५ रन बनाएको हो। बैङ्गलुरुका ओपनर फिल साल्टले सर्वाधिक ६५ रन बनाए ।
विराट कोहलीले अविजित रहँदै ६३ रन जोडे । राजस्थानका कुमार कार्तिक्याले एक विकेट लिए । त्यसअघि सवाई मानसिंह स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७३ रन बनाएको थियो ।
राजस्थानका ओपनर यशवी जैशवालले सर्वाधिक ७५ रन बनाए । रियान परागले ३० र धुर्व जिरेलले ३५ रन जोडे । बैङ्गलुरुका भुवनेश्वर कुमार, यश दयाल, जोश हजलउड र कुर्णाल पाण्ड्याले समान एक विकेट लिए । जीतसँगै तेस्रो स्थानमा फर्किएको बैङ्गलुरुले ६ खेलबाट आठ अङ्क पुर्याएको छ। समान खेलबाट राजस्थान चार अङ्कसहित सातौं स्थानमा छ।आईपीएलमा आज लखनउ सुपर जायन्ट्स र चेन्नई सुपर किङ्स खेल्दैछन् ।













समाचार
एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो
टोखा–छहरे सडक राति बन्द हुने
पछिल्लो १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
इनभेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ
‘राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाउँछ’ : मन्त्री खनाल
अन्नपूर्ण गाउँपालिकाले पर्वतारोही निर्मल पुर्जाको शालिक बनाउने