
काठमाडौं । मार्कस रासफोर्ड सिजनभरको लोनमा ला लिगा क्लब बार्सिलोनामा पुगेको छन् । उनले बार्सिलोना पुगेपछि आफू घरमै जस्तो महसुस भइरहेको बताएका छन् ।
२७ वर्षीय इङ्लिस फरवार्ड म्यानचेस्टर युनाइटेडबाट सुरुवाती रुपमा १२ महिनाको लोन सम्झौतामा बार्सिलोनाम पुगेका हुन् । बार्सिलोनाले सन् २०२६ मा ३५ मिलियन युरोमा उनलाई स्थायी रुपमा अनुबन्ध गर्ने विकल्प पनि राखेको छ ।
ग्यारी लिनेकरपछि बार्सिलोनाले अनुबन्ध गरेको उनी पहिलो इङ्लिस खेलाडी हुन् ।
बार्सिलोनाले गत सिजन लिग र कपको दोहोरो उपाधि जितेको थियो। रासफोर्डले आफ्नो बाल्यकालदेखि खेलेको क्लब युनाइटेडका लागि गत डिसेम्बर यता खेल्न पाएका थिएनन् । प्रशिक्षक रुबेन आमोरिमले उनलाई टोलीबाट हटाएपछि उनले २०२४–२५ को दोस्रो भाग एस्टन भिल्लामा लोनमा बिताएका थिए ।
‘निकै उत्साहित छु । यो त्यस्तो क्लब हो जहाँ मान्छेका सपना पूरा हुन्छन्, यहाँ ठूला उपाधि जितिन्छन्,’ रासफोर्डले भने,’क्लबको दर्शन र मूल्य मेरो लागि धेरै अर्थ राख्छ। मलाई यहाँ घरजस्तो लागिरहेको छ। यहाँको पारिवारिक वातावरण र उत्कृष्ट खेलाडीले आफ्नो क्षमता देखाउन सक्ने ठाउँ हुनु नै यहाँ आउनुको मुख्य कारण हो ।’













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम