२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले बङ्गलादेशसँग खेल्दै

काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले आफ्नो दोश्रो खेलमा घरेलु टोली बङ्गलादेशसँग खेल्दैछ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरू हुनेछ ।

शुक्रवार भएको खेलमा नेपालले भूटानमाथि ६–१ गोलको जीत निकाल्यो । यस्तै घरेलु टोलीले पनि आफ्नो पहिलो खेलमा शृङ्खलालाई ९–१ गालले हरायो । अङ्क तालिकामा बङ्गलादेश शीर्ष स्थानमा र नेपाल दोश्रो स्थानमा छ । दुवै टोलीको समान तीन अङ्क छ । प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान र श्रीलङ्का गरी चार वटा देश सहभागी छन् ।

डबल राउन्ड–रोबिनको आधारमा हुने प्रतियोगितामा हरेक टोलीले एकअर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन् । लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । नेपालले असार ३२ गते र साउन १ गते श्रीलङ्कासँग, साउन ३ गते भूटानसँग, साउन ५ गते बङ्गलादेशसँग खेल्नेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार