
काठमाडौं । डिएभीले प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आयोजक रेडियन्ट रिडर्स एकेडेमीको सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा बिहीवार भएको फाइनलमा डिएभीले एलआरआईलाई ५१ रनले पराजित गर्दै उपाधि जितेको हो ।
पहिले ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरमा ५ विकेट गुमाउदै ८४ रन बनायो । डिएभीका प्रसिद्ध जैसीले १३ बलमा ३७ र फरहान अन्सारीले ६ बलमा ११ रन जोडे । एलआरआईका कप्तान अभी थपलियाले ३ विकेट लिए ।
जवाफमा एलआरआई ९.४ ओभरमा अलआउट हुँदै ३३ रनमा समेटियो । एलआरआईका अभीले ६ रन जोडे । प्रसिद्ध जैसीले ३ तथा कमल शाहीले २ विकेट लिए । विजेताले ३० हजार र दोस्रो टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्यो ।
प्रतियोगितामा डिएभीका प्रसिद्ध ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए । उनले १ सय ३५ रन बनाउनुका साथै ८ विकेट पनि लिए । प्रसिद्ध नै उत्कृष्ट ब्याट्सम्यान चुनिए । एलआरआईका अभी थपलिया उत्कृष्ट बलर बने । विजेतालाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह, रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुंगानालगायतले पुरस्कृत गरे । चारदिने प्रतियोगितामा आयोजकको २ सहित १५ टोलझले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम