
काठमाडौं । साउन महिनाका लागि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएसँगै अधिकांश बैंकहरूले पनि ब्याजदर घटाएका हुन्। नयाँ मौद्रिक नीतिअनुसार राष्ट्र बैंकले नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा, स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशतमा र स्थायी निक्षेप संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारेपछि बैंकहरूले पनि ब्याजदर घटाएका हुन्।
कुनको कति ?
साउन महिनाको लागि ब्याजदर घटाउने बैंकहरूमध्ये नेपाल बैंकले ५.४०%, कृषि विकास बैंकले ५.४०%, लक्ष्मी सनराइज बैंकले ५.५०%, प्रभु बैंकले ४.२५%, सिटिजन्स बैंकले ५.५०%, एभरेष्ट बैंकले ६.२५%, कुमारी बैंकले ५.४१%, प्राइम बैंकले ६.००%, राष्ट्रिय वाणिज्य बैंकले ५.५०% र नेपाल एसबीआई बैंकले ५.३५% ब्याज दर कायम गरेका छन्। असार महिनामा यी बैंकहरूका ब्याजदर क्रमशः ५.४५% देखि ६.५५% सम्म थिए।
साउन महिनामा ब्याजदर बढाउने बैंकहरूमा हिमालयन बैंक र सानिमा बैंक रहेका छन्। हिमालयन बैंकले ५.५०% बाट ६.००% र सानिमा बैंकले ६.३३% बाट ६.५०% ब्याजदर वृद्धि गरेका छन्। साउन महिनामा ब्याजदर स्थिर राख्ने बैंकहरूमध्ये माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्। यी बैंकहरूले साउनमा पनि व्यक्तिगत मुद्दति निक्षेपमा माछापुच्छ्रे बैंकले ६ प्रतिशत, सिद्धार्थ बैंकले ५.७५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, एनएमबि बैंकले ६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत ब्याज दिनेछन्।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो