
मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य बढेको छ । सडक तथा हवाई यातायात सहज भएपछि मुस्ताङ भ्रमण गर्नेहरु बढेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मुस्ताङमा पाँच लाख ५५ हजार ३२६ आन्तरिक र एक लाख ५० हजार ४५३ जना विदेशी गरी कूल सात लाख पाँच हजार ७७९ पर्यटक आएका छन् । जुन अघिल्लो आव २०८०/८१ को तुलनामा ५५ दशमलव तीन प्रतिशत अर्थात दुई लाख ५१ हजार ४५३ ले बढी हो । आव २०८०/८१ मा मुस्ताङमा कूल चार लाख ५४ हजार ३२६ पर्यटक आएका थिए ।
आव २०८१/८२ मा आन्तरिकतर्फ पाँच लाख ५५ हजार ३२६ र बाह्यतर्फ एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक मुस्ताङ आएका छन् । यहाँका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र जैविक विविधता लगायतका कारण पछिल्लो समय मुस्ताङ भ्रमण गर्ने पर्यटकको क्रेज बढेको जानकार बताउँछन् । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड यहाँका महत्वपूर्ण धार्मिक पर्यटक गन्तब्यका रुपमा अंग्रपंक्तिमा पर्दछन् ।
मुस्ताङका ऐतिहासिक तथा धार्मिक गुम्बा, मठमन्दिर, माने, छोर्तेन, मानव निर्मित गुफा, मुस्ताङी सांस्कृतिक राजाको दरबार, कालिगण्डकी करिडोर, तालतलैया पर्यटकीय गन्तव्यमा पर्छन् ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू