
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल खरिद र वितरण प्रणालीलाई सहज र प्रभावकारी बनाउन नीतिगत तहमा पहल गरिएको बताएका छन्।
मन्त्री नियुक्त भएको एक वर्ष पूरा भएको अवसरमा सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएको मल आपूर्तिको समस्यालाई समाधान गर्न नियमावली तथा कार्यविधिमा संशोधन गरिएको जानकारी दिए। कृषिमन्त्रीको भनाइ आउँदा देशभर झन्डै ६० प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भइसकेको छ।
उनका अनुसार, रासायनिक मल खरिदसम्बन्धी नियमावली र वितरणसम्बन्धी कार्यविधि संशोधन गरिएको छ। साथै, अनुदानको मल वितरणलाई पारदर्शी र व्यवस्थित बनाउन ‘मल व्यवस्थापन सूचना प्रणाली’ निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ। मन्त्री अधिकारीले विगत सात वर्षदेखि जटिल रहेको कृषि सेवाका कर्मचारीहरूको समायोजनअनुसार संगठन संरचनामा आवश्यक सुधार गर्दै १२९ नयाँ दरबन्दी थप गरिएको बताए। यसले संस्थागत सुदृढीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गरियो।
त्यस्तै, कृषि तथा पशुपंक्षी बीमालाई डिजिटल प्रणालीमा आधारित बनाउँदै कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिए। कृषि क्षेत्रका लागि एकीकृत कानुनका रूपमा रहेको ‘कृषि विधेयक’ र ‘राष्ट्रिय कृषि नीति’ अन्तिम मस्यौदा तयारीपछि मन्त्रिपरिषद्मा पेश गर्ने तयारी भइरहेको पनि मन्त्री अधिकारीले बताए। उनले ‘पशु कल्याण ऐन’ लाई पनि अन्तिम रुप दिइसकिएको उल्लेख गरे।













समाचार
पत्रकार किशोर श्रेष्ठ पक्राउ
चिनियाँ राष्ट्रपतिले चढ्ने ब्रान्डको नयाँ एसयूभी ईएचएस४ नेपालमा
सवारी आयातमा व्यवसायी ‘खरायो’, पूर्वाधार निर्माणमा सरकार ‘कछुवा’ : व्यवसायी थापा
नाइमा एक्स्पोमा आधा करोडसम्मका एडभेन्चर बाइक, कुन-कुन ब्राण्डले कति मूल्यका दुई पाङ्ग्रे ल्याए?
रासायनिक मलको माग उच्च, आपूर्ति कम
कृषि र वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी
बजारमा ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रुलिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे
बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक
नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च