छ देश सम्मिलित टि–२० सिरिज युगान्डालाई

काठमाडौं । युएई विरुद्धको टि ट्वान्टी आई सिरिज घरेलु टोलि युगान्डाले जितेको छ । टि ट्वान्टी आई सिरिजको निर्णायक अन्तिम खेलमा आइतवार युएईलाई ८ रनले पराजित गर्दै युगान्डाले उपाधि जितेको हो ।

६ टोली सम्मिलित टि ट्वान्टी आई सिरिजका खेल डबल राउण्ड रोबिनमा भएकोमा शीर्ष स्थानमा रहँदै युगान्डाले च्याम्पियन बनेको हो । गत साता पहिलो खेलमा पनि घरेलु टोलीले युएईलाई ६ रनले हराएको हो । १ सय ७१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । युएईका लागि इथान डिसोजाले १७ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ३२ रन बनाए । ओपनर मोहम्मद जुहिब २८ बलमा ४ चौकाको सहयोगमा ३० रनमा आउट भए । कप्तान मोहम्मद वासिम २५ तथा राहुल चोपरा २२ रन जोडे ।

युगान्डाका दिनेश नकर्नी तथा फ्रान्क नसुबुङ्गाले समान २ तथा अल्पेस रामजानी, म्याथ्यु मुसिङ्जी र कोसमस क्याईवाताले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो । युगान्डाका अल्पेश रामजानी र राजिभ धवनले अर्धशतक बनाए । रामजानी ३४ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६१ रन बनाए । धवनले ४१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५६ रन जोडे । ओपनर श्रीदिप मन्गेला १० रनमा आउट भए ।

युएईका लागि हैदर अलि र आकिफ राजाले समान २ तथा मोहम्मद रोहिद, सागिर खानले समान १ विकेट लिए । युगान्डा सिरिजमा खेलेको ६ खेलमै विजयी भयो । आइसिसीको टि ट्वान्टी आईको वरीयतामा युगान्डा २२औं र युएई १३औं स्थानमा छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार