काठमाडौं । भारत र घरेलु टोली इङ्ग्ल्याण्डबीचको ५ टेस्टको सिरिज बराबरीमा सकिएको छ । ओभलमा सोमवार सकिएको पाँचौ तथा अन्तिम टेस्टमा भारतले ६ रनले विजयी भएसँगै सिरिज २–२ को बराबरीमा सकिएको हो ।
३७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ३६७ रन मात्र बनाएको थियो । पाँचौ दिनमा जितका लागि घरेलु टोलीलाई मात्र ३५ रनको आवश्यकता रहँदा हातमा ४ विकेट बाँकी थियो । अन्तिम दिनको २८ रन खर्चिएर ४ विकेट लिएपछि भारतले टेस्ट जितेको थियो ।
दोस्रो इनिङमा घरेलु टोलीका लागि जो रुट र ह्यारी ब्रुकले शतकीय पारी खेले । ब्रुकले १११ रन बनाए भने रुटले १०५ रन जोडे । ओपनर बेन डकेट ५४, कप्तान ओली पोप २७ र ज्याक क्रली १४ रनमा आउट भए । भारतका लागि मोहममद सिराजले ५ विकेट लिए । प्रसिद्ध कृष्णाले ४ तथा आकाश दिपले १ विकेट लिए । पहिलो इनिङमा २३ रनले पछि परेको भारतले दोस्रो इनिङमा ३९६ रन जोडेर ३७३ रनको अग्रता लिएको थियो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत पहिलो इनिङमा २२४ रन बनाएको थियो । घरेलु टोलीले पहिलो इनिङमा २४७ रन जोडेको थियो।