
काठमाडौं । गत असार २३ गते रसुवा जिल्लामा आएको अविरल वर्षा र त्यसपछिको बाढी तथा पहिरोका कारण करिब एक अर्ब रुपैयाँ बराबरको बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले साउन २२ गतेसम्म संकलन गरेको विवरणअनुसार, ११ वटा निर्जीवन बीमा कम्पनीमा ७८ वटा दावी पर्दा कुल ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँको बीमा दावी परेको हो।
तीमध्ये सबैभन्दा धेरै दावी हिमालयन एभरेष्ट इन्स्योरेन्समा दर्ता भएको छ, कम्पनीमा दुई वटा दावीमार्फत नै ५५ करोड रुपैयाँ बराबरको दावी परेको छ । शिखर इन्स्योरेन्समा १५ वटा दावी वापत १६ करोड ९६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा १६ वटा दावी बापत आठ करोड ७३ लाख रुपैयाँ र सानिमा जिआईसी इन्स्योरेन्समा छ वटा बीमा दावी बापत छ करोड ८४ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको सार्वजनिक विवरणले देखाएको छ ।
नेको इन्स्योरेन्समा पाँच वटा दावी वापत पाँच करोड ६७ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा दुई वटा दावी वापत दुई करोड ६५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा दावी वापत ९१ लाख रुपैयाँ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा १० वटा बीमा दावी वापत ७६ लाख ७० हजार रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ ।
यस्तै, एनएलजी इन्स्योरेन्समा ६ वटा बीमा दावी वापत ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सात वटा दावी वापत ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्समा २८ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ ।
तथ्यांक अनुसार साउन २२ गतेसम्म सम्पत्ति बीमामा ६ वटा दावी वापत ६१ करोड ४७ लाख रुपैयाँ, सामुन्द्रिक बीमामा नौ वटा दावी वापत २२ करोड चार लाख रुपैयाँ, इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिम बीमामा पाँच दावी वापत पाँच करोड ९५ लाख रुपैयाँ, मोटर बीमा (सार्वजनिक) मा ४२ वटा दावी वापत तीन करोड ५५ लाख रुपैयाँ र मोटर बीमा (निजि) मा १६ दावी वापत पाँच करोड ५८ लाख रुपैयाँ बीमा दावी परेको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम