ब्रेभिसको कीर्तिमानी ब्याटिङमा दक्षिण अफ्रिका विजयी, अष्ट्रेलिया ५३ रनले पराजित

काठमाडौं । डेवाल्ड ब्रेभिसको कीर्तिमानी ब्याटिङको मद्दतमा अष्ट्रेलिया विरुद्धको दोस्रो टि–२० क्रिकेटमा दक्षिण अफ्रिका विजयी भउको छ । डेवाल्ड ब्रेभिसले १२५ रनको पारी खेलेको खेलमा दक्षिण अफ्रिका ५३ रनले विजयी भएको हो ।

२१९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १७.४ ओभरमा सबै विकेट गुमाउँदै १६५ रनमा समेटियो । यो जितसँगै ३ खेलको टि ट्वान्टी आई सिरिज १–१ मा बराबरी पुगेको छ । योसँगै अष्ट्रेलियाको टि ट्वान्टी आईमा ९ खेलको जितको श्रृंखला पनि तोडियो । टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५७÷३ को स्कोरबाट उच्च स्कोर बनाउन सफला भयो । रायन रिकेल्टन १४, एडेन मार्कराम १८ र लुवान–द्रे प्रेटोरियस १० रनमा आउट भए । त्यसपछि २१ वर्षका ब्रेभिसले अद्भुत ब्याटिङ प्रदर्शन गर्दै खेलको कथा नै बदलिदिए । दक्षिणले ७ विकेटको नोक्सानीमा २१८ रन बनाएको थियो ।

कठिन लक्ष्य पछ्याएको अष्ट्रेलियाको इनिङ सुरुदेखि नै अस्थिर रह्यो । दोस्रो ओभरमा एडेन मार्करामको बलमा ट्राभिस हेड ५ रनमा बोल्ड भए । क्वेना मफाकाको बलमा क्यामरुन ग्रीन ९ रनमा आउट भए । मिचेल मार्श र टिम डेभिडले ४८ रनको साझेदारी गर्दै टोलीलाई सम्हाले प्रयास गरे। तर मार्श कोर्बिन बोसको बलमा क्याच भए । डेभिडले भने ४ चौका र ४ छक्कासहित २३ बलमा अर्धशतक पूरा गरे । लगत्तै कागिसो रबाडाको स्लो बलमा आउट भए ।
निर्णायक तेस्रो टि ट्वान्टी बिहीवार हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार