काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो ।
निगमले आज जारी गरेको विज्ञप्ति अनुसार डिजेल र मट्टितेलको मूल्य भने घटेको छ । साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल लिटरको २ रुपैयाँले बढेको छ । त्यस्तै डिजेल÷मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ ।
भोलिदेखि पेट्रोलको मूल्य पहिलो वर्गमा १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६० रुपैयाँ र तेस्रो वर्गमा १६१ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल मट्टितेलको मूल्य पहिलो वर्गमा १४६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४८ रुपैयाँ र तेस्रो वर्गमा १४९ रुपैयाँ पुगेको छ ।
