एभरेष्ट बैंकले घोषणा गर्‍यो लाभांश, सेयरधनीलाई २० मुनाफा बाढ्ने

काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आवको नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको हो ।

बैंकले घोषणा गरेको लाभांशमा बोनस सेयर ६ प्रतिशत र कर सहित १४ प्रतिशत नगद वितरण गरिने छ । बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार