
दमौली । यहाँको बन्दीपुर गाउँपालिका–१ नाहालास्थित धानबालीमा मरुवा (ब्लाष्ट) रोग देखा परेको छ । नाहालामा लगाइएको धानबालीको अनुगमनका क्रममा उक्त रोग देखिएकाले समयमा सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको छ ।
धानबालीसम्बन्धी कुनै समस्या देखा परेमा तुरुन्त कृषि प्राविधिक वा कृषि विकास शाखामा सम्पर्क गर्न कृषकलाई आग्रह गरिएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक दिनेश सुवर्णकारले बताए । उनका अनुसार ब्लाष्ट रोग धानका बाला तथा बेर्नामा लाग्ने एक प्रकारको ढुसीजन्य रोग हो ।
धानबालीमा लाग्ने प्रमुख रोगहरू मध्यको यो एक भएको बताउँदै उनले भने, ‘यो रोगले ब्याडका बेर्ना मार्ने तथा धानका बालालाई सुकाउने गर्छ । जुन, सन् १९६६ मा पहिलो पटक देखिएको थियो ।’ यो रोग बिउबाट पनि सर्ने भएकाले अघिल्लो वर्ष रोग देखिएका ठाउँका बिउ उपचार नगरी वा रोगी बिरुवा प्रयोग गर्दा फैलिएको हुनसक्ने उनको भनाइ छ ।
कृषि प्राविधिक सुवर्णकारले भने, ‘रोग लागेका धानबालीको पातमा स–साना सेतो टिका जस्तो देखिने दाग, बीचमा भएका खैरा थोप्ला देखा पर्ने तथा फलेको धानमा बाला तलतिर डाँठको वरिपरि वा आख्लामा खैरो रङको दागहरू देखिने र बाला मर्ने समस्या देखा पर्दछ । ढुसीले अनुकूल भएको समयमा विभिन्न भागमा विस्तारै गोलो, लाम्चो आँखा जस्तै आकार बनाउँछ र बीचमा खरानी रङ तथा बाहिर खैरो रङ भएका थोप्लाहरू देखा पर्दछन् ।’
उक्त समस्याबाट धानबालीलाई जोगाउन गत वर्ष रोग नदेखिएको मूल बिउबाट मात्र बिउको छनोट गर्नुपर्ने, पर्याप्त घाम लाग्ने ठाउँमा राम्रोसँग हिलो बनाएर बिउ राख्ने, नुनपानीको सहायताले बिउबाट भुस छान्नेलगायत काम गर्न सकिने उनले सुझाव दिए ।













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज