काठमाडौं । जेनजीको प्रदर्शनपछि काठमाडौँमा भड्किएको आन्दोलनले यहाँको वायु प्रदुषणमा समेत असर पुगेको छ । विश्वको सहरका वायुको गुणस्तर मापन गर्ने आइक्यू एयरले गरेको लाइभ मापनमा काठमाडौँ दोस्रो स्थानमा छ ।
वर्षाको समय भएकाले अरु समयमा काठमाडौँको वायु प्रदुषण निकै कम हुने गर्दथ्यो । तर, सोमबार र मंगलबार भएका प्रदर्शनमा व्याकप मात्रामा आगजानी भएपछि काठमाडौँको आकाश प्रदुषित वायुले ढाकिएको हो । अन्य समयमा जाडो समयमा मात्रै काठमाडौँको प्रदुषण खराब स्थितिमा पुग्ने गर्दथ्यो ।