एसीसी टी–२० एसिया कप : हङकङमाथि श्रीलंकाको संघर्षपूर्ण जित

काठमाडौं । श्रीलंकाले एसीसी टी–२० एसिया कपमा हङकङमाथि संघर्षपूर्ण जित निकालेको छ । श्रीलंकाले हङकङमाथि ४ विकेटले पराजित भएको हो ।

यो जितसँगै श्रीलंकाले समूह बी मा लगातार दोस्रो जितका साथ शीर्ष स्थानमा रहँदै सुपर फोरको सम्भावना बलियो बनाएकोछ । जितका लागि १५० रनको लक्ष्य श्रीलंकाले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा ओपनर पाथुम निसांकाले ६८ रन जोड्दै प्लेयर अफ द म्याच चुनिए । कुशल मेन्डिस ११, कामिल मिसारा १९, कुशल परेरा र वानिन्दु हसरंगाले २०/२० रन बनाए । हङकङका कप्तान यासिम मुर्तजाले २, आयुश शुक्ला, एहसान खान र अजिज खानले १–१ विकेट लिए ।

त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । हङकङका निजाकत खानले सर्वाधिक ५२ रन बनाए । अंशुमन रथले ४८, जिशान अलीले २३ र बाबर हायतले ४ रन जोडे । श्रीलंकाका दुश्मन्था चमिराले २, वानिन्दु हसरंगा र दासुन शानकाले १–१ विकेट लिए ।

समूह बी मा श्रीलंका २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंकाले अन्तिम खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा समूह विजेताको रुपमा सुपर फोर खेल्नेछ । मंगलबार हुने खेलमा अफगानिस्तानले बंगलादेशलाई हराएको खण्डमा भने अन्तिम खेलमा हारका बाबजुद श्रीलंका सुपर फोरमा पुग्नेछ । उक्त खेलमा बंगलादेश विजयी भएमा र अन्तिम खेलमा श्रीलंकाले हारेको खण्डमा भने नेटरनरेटमा भरपर्नेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार