
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ३०.०२ अंकले घटेको छ । बजार २५६६.०९ विन्दुमा पिगरे बन्द भएको छ । यसदिन ३२३ कम्पनी ४७ हजार २६८ पटकको कारोबार हुँदा १ करोड ६ लाख १९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ४ अर्ब ९० करोड ७६ लाख पुगेको छ । यो रकम बिहीबारको तुलनामा ५० करोड ९३ लाख कम हो ।
आइतबार सेन्सेटिभ इण्डेक्स १.३० प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.३६ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४४ प्रतिशतले घटेको छ ।यसदिन सबै उपसमूह घटेका छन् । बैंकिङ १.२९ प्रतिशत, विकास बैंक १.८१, वित्त २.९१, होटल्स तथा पर्यटन समूह ०.६९, जलविद्युत १.१८, लगानी १.५५, जीवन बीमा १.३४, उत्पादन र प्रशोधन ०.८४, लघुवित्त १.२८, म्युअुचल फण्ड १.०८ , निर्जीवन बीमा १.३५, अन्य समूह ०.१२ र व्यापार समूह ०.५७ प्रतिशतले घटेको छ ।
यस दिन सर्वाधिक कमाउने कम्पनीमा दरमखोला हाइड्रो एनर्जी लिमिटेड ९.९९ प्रतिशत बढेको छ भने माबिलुङ्ग इनर्जी लिमिटेड र सागर डिस्टिलरी ९.९८ , रुरु जलविद्युत परियोजना ९.९३ र नेपाल एसबिआई बैंक डिबेन्चर ८३ ९.८७ प्रतिशत घटेको छ ।













समाचार
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
डोको बुन्दै, सीप सिकाउँदै
नयाँ बसपार्कमा टिकट लिन रातिदेखि यात्रुको लाइन
शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
मनसुनी वायुको प्रभाव कायमै, ती प्रदेशमा भारी वर्षाको सम्भावना