
काठमाडौं । च्याम्पियन्स लिग बुटबलको सेमिफाइनलको पहिलो लेगको खेलमा आर्सनल पराजित भएको छ भने बार्सिलोना बराबरीमा रोकिएको छ । सेमिफाइनालेको पहिलो गेलमा आर्सजन पिएसजीसँग १–० ले पराजित भयो भने बार्सिलोलना इन्टर मिलानसँगै ३–३ को बराबरीमा रोकिएको हो ।
मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा ओस्मान डेम्बेलेले निर्णायक गोलको मद्दतले पिएसजीले आर्सनललाई पराजित गरेको हो । खेलको चौथो मिनेटमै गरेको डेम्बेलेले गोल गरेका थिए । त्यस पछिको बाँकी समयमा दुवै टोलिबाट गोल हुन सकेन र पिएसजी विजयी भयो ।
त्यस्तै गएराति भएको खेलमो बार्सिलाना र इन्टरले ३–३ गोलको बराबरी खेलका छन् । एस्टादी ओलिम्पिक लुइस कम्पनीसमा भएको खेल निकै रोमाञ्चक बराबरीमा सकिएको हो । पहिलो हाफमा ४ गोल हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले २–० ले पछि परेको खेललाई उल्टाउँदै पहिलो हाफमा नै बराबरी गरेको थियो।
खेल सुरु भएको ३० सेकेन्डमै मार्कस थुरामले इन्टरलाई आश्चर्यजनक अग्रता दिलाए । डेनजेल डम्फ्रिजले २१ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । तर २४ औं मिनेटमा लामिन यामालको अद्भुत व्यक्तिगत कौशलमा गोल गर्दै अन्तर घटाए । ३८ औं मिनेटमा फेरान टोरेसले गोल गरेपछि पहिलो हाफ २–२ को बराबरी सकियो ।
दोस्रो हाफमा पनि बार्सिलोनाले खेलमा पकड बनाएको थियो । तर ६३ औं मिनेटमा डम्फ्रिजले कर्नरबाट आएको बलमा हेडरमार्फत दोस्रो गोल गरे । त्यसपछि ६५ औं मिनेटमा राफिन्हाको पेनाल्टी बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहार यान सोमरको आत्मघाती गोलमा परिणत भयो र खेल बराबरी भयो ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व