
काठमाडौं । रुवान्डामा जारी आइसिसी महिला च्यालेन्स ट्रफी क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली रुवान्डालाई ३८ रनले पराजित गरेको छ। नेपालले दिएको १०४ रनको लक्ष्य पछ्याएको रुवान्डा १७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ६५ रनमा समेटिएको हो। रुवान्डाका लागि म्यारी बिमेन्यिमानाले सर्वाधिक १९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
रुवान्डालाई ६५ रनमा समेट्ने क्रममा नेपालकी मनिषा उपाध्यायले चार विकेट लिइन् भने कविता कुँवर, रचना चौधरी र रिया शर्माले समान दुई/दुई विकेट लिइन्। त्यसअघि ‘टस’ जितेर पहिले ‘ब्याटिङ’ गरेको नेपालले निर्धारत २० ओभरमा सात विकेट गुमाएर १०३ रन बनाएको थियो। नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३३ रन बनाइन् भने कविता कुँवरले २४ तथा रुबिना क्षेत्रीले ११ रन बनाइन्।
रुवान्डाका लागि हेनरित इसिम्वेले तीन विकेट लिँदा म्यारी बिमेन्यिमानाले दुई तथा बेलिसे मुरिकातेते र रोसिन इरेराले समान एक(एक विकेट लिए। नेपालले यसअघि पनि रुवान्डालाई दुई विकेटले पराजित गरेको थियो। यसैगरी, नेपाल अमेरिकासँग दुवै खेलमा पराजित भएको थियो।
यस्तै, नेपालले इटालीसँग जित निकाल्दा भानुआतुसँग भने पराजित भएको थियो। हालसम्म नेपालले छ खेलमा छ अंक जोडेको छ भने अब इटाली र भानुआतुसँग खेल्न बाँकी छ। डबल राउन्ड रोबिन लिगका आधारमा भएको उक्त प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टोलीले उपाधि जित्नेछ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द