
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै मुम्बई इन्डियन्सले पहिलो जीत निकालेको छ । हिजोको खेलमा मुम्बई आठ विकेटले विजयी भएको हो ।
कोलकाताले दिएको ११७ रनको लक्ष्य पछ्याएको मुम्बईले १२ ओभर ५ बलमा दुई विकेट गुमाउँदै १२१ रन बनायो । मुम्बईका रायन रिकेल्टोनले अवजित ६२ रन बनाए ।
कोलकाताका आन्द्रे रसेलले दुई विकेट लिए । त्यसअघि वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले १६ ओभर २ बलमा सबै विकेट गुमाउँदै ११६ रन बनाएको थियो । कोलकाताका लागि अंगकृश रघुवंशीले २६ रन बनाए ।
मुम्बईका अश्विन कुमारले चार विकेट लिए । मुम्बई यसअघि चेन्नई सुपर किङ्स र गुजरात टाइटन्ससँग हारेको थियो । कोलकाताको भने यो दोस्रो हार हो । कोलकाताले यसअघि रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित हुँदा राजस्थान रोयल्सलाई हराएको थियो ।
जीतसँगै मुम्बई २ अङ्क जोडेर तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । २ अङ्क नै रहेको कोलकाता नेट रनरेटका आधारमा पुछारम झरेको छ । आईपीएलमा आज लखनउ सुपर जायन्ट्स र पन्जाब किंग्स खेल्दैछन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व