
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा गत साउन महिनादेखि बन्द भएको जिप सफारी खुला गरिएको छ । चाडबाडको समयमा निकुञ्ज घुम्न आउने पर्यटकलाई मध्येनजर गर्दै निकुञ्जले जिप सफारी खुला गरेको हो ।
बर्षा र हावा हुरीको कारणले निकुञ्ज भित्रका सडक अवरुद्ध भएपछि जिप सफारी बन्द गरिएको थियो । हावाहुरीले ढालेका रुखहरू पन्छाएर बाटो मर्मत गरेपछि जिप सफारी खुला गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले बताए । निकुञ्ज परिसर बाहेक निकुञ्जभित्र घुम्न प्रायः जिप सफारीमा घुम्न पर्यटकहरू मन पराउने गर्दछन् । निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले जिप सफारी गर्न पाउनु पर्ने माग गर्दैआएका थिए । जिप सफारी निकुञ्ज घुम्न सुरक्षित र सहज मान्ने गरिन्छ ।
पर्यटकलाई लक्षित गरी बर्दियामा ३० वटाभन्दा बढी साना ठुला होटल तथा रिसोर्ट व्यवसाय सञ्चालनमा रहेका छन् । निकुञ्ज आसपासको क्षेत्रमा होमस्टेहरू पनि सञ्चालनमा छन् । निकुञ्जमा जिप सफारी गराउन होटल तथा पर्यटन व्यवसायीले ४१ वटा जिप दर्ता गरेका छन् । एक पटक जिप सफारी गर्दा बर्दिया राष्ट्रिय निकुञ्जले ३ हजार रुपैयाँ राजस्व लिने गरेको छ । चाडको समयमा विशेषगरी निकुञ्ज घुम्न आउने आन्तरिक र सार्क राष्ट्रको पर्यटकको संख्या बृद्धि हुने गर्दछ ।
बाघ, हात्ती, गैँडा, जरायो, चित्तल, बाह्रसिङ्गा लगायतका वन्यजन्तुहरू सहजै देख्न सकिने भएको हुनाले हरेक बर्ष निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा बृद्धि हुँदै गएको छ । संरक्षित वन्यजन्तुको सुचिमा रहेको मात्र ११ प्रकारका स्तनधारी, ६ प्रकारका पन्छी र तीन प्रकारका घस्रने जनावर पाइन्छन् । गत आर्थिक बर्ष २०८१–८२ मा २८ हजार ६७ जना पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । अघिल्लो आर्थिक बर्ष २०८०–८१ मा २६ हजार एकसय ३१ जना पर्यटक प्रवेश गरेका थिए । आर्थिक बर्ष २०७९–८० मा २४ हजार तीनसय ९८ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।
संख्यामा बृद्धि भएसँगै पर्यटक प्रवेशबाट उठ्ने राजस्वमा समेत वृद्धि भएको छ । आर्थिक बर्ष २०८१–८२ मा पर्यटकबाट मात्र तीन करोड २६ लाख राजस्व निकुञ्जमा उठेको देखिन्छ । आर्थिक बर्र्ष २०८०–८१ दुई करोड ८४ लाख राजस्व पर्यापर्यटनबाट प्राप्त भएको छ । आन्तरिक पर्यटकलाई निकुञ्ज प्रवेश गर्न एकसय, सार्क मुलुकका पर्यटकलाई सात सय ५० र अन्य मुलुकका पर्यटकका लागि एक हजार ५ सय शुल्क लाग्ने गरेको सूचना अधिकारी पौडेलले बताए ।
यस बर्ष निकुञ्ज घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरूले बुकिङ्ग गर्ने काम सुरु भइसकेको पर्यटन व्यवसायी रामजी थापाले बताए । अफ सिजन भए पनि छिटपुट पर्यटक अहिले पनि आइरहेको बताउँदै चाडबाडको समयमा नेपाली पर्यटकको चाप बढ्दै जाने उनले बताए ।













समाचार
कुगेलेइनले एनपिएल तेस्रो सिजन पनि सुदूरपश्चिमबाटै खेल्ने
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासकाे मत
बासुकीमा नागपञ्चमी मेला : शिवमूर्तिमा प्राणप्रतिष्ठा
संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल
७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
मरुवा रोगका कारण ३५ प्रतिशतले घट्यो चैते धानको उत्पादन
गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण
धानको न्यूनतम समर्थन मूल्य बढाउन सांसद यादवको माग, न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल १० हजार रुपैयाँ