
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो ।
उहाँलाई नेकपा एमालेका २९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ११, जनता समाजवादी पार्टी (जसपा) नेपालका ४, राष्ट्रिय जनमोर्चाका १ प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् । ४ सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बसेको छ ।
प्रदेशसभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । गएको साउन १२ गते नेपाली कांग्रेसले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका आचार्यले नेकपासहितका ३ दललाई सरकारमा सहभागी गराएर ४ दलको विश्वासको मत प्राप्त गरेका हुन् ।
फेसबुक प्रतिक्रिया












समाचार
सोलुखुम्बुका शेर्पालाई कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी
कुगेलेइनले एनपिएल तेस्रो सिजन पनि सुदूरपश्चिमबाटै खेल्ने
बासुकीमा नागपञ्चमी मेला : शिवमूर्तिमा प्राणप्रतिष्ठा
संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल
७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
मरुवा रोगका कारण ३५ प्रतिशतले घट्यो चैते धानको उत्पादन
गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण
धानको न्यूनतम समर्थन मूल्य बढाउन सांसद यादवको माग, न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल १० हजार रुपैयाँ