
काठमाडौं । भारत र इङ्ग्ल्याण्डबीचको चौथो टेष्ट बराबरीमा सकिएको छ । यो बराबरीपछि ५ टेस्टको सिरिजमा इङ्ग्ल्याण्डले २–१ को अग्रता कायमै राखेको छ ।
म्यानचेस्टरमा भएको चौथो टेस्टमा भारतले पाँचौ दिनको समाप्तिसम्म पनि दोस्रो पारीको ब्याटिङ जारी राखेपछि खेल बराबरीमा सकिएको हो । आइतवार खेल सकिँदा भारतले दोस्रो पारीमा ४ विकेटको क्षतिमा ४२५ रन बनाएको थियो । दोस्रो पारीको पहिलो ओभरमा नै २ विकेट गुमाएपछि भारतले दबाबमा परेको थियो । तर कप्तान शुभमन गिल र केएल राहुलले पारी सम्हालेका थिए । दोस्रो इनिङमा गिल, वासिंटन सुन्दर र रविन्द्र जडेजाले शतक बनाउँदै टेस्टलाई बराबरी गराए ।
जडेजाले १३ चौका र १ छक्कासहित १ सय ७ बनाए । गिलले १२ चौकाको साथमा १ सय ३ जोडे । सुन्दरले ९ चौका र १ छक्काको सहयोगमा १ सय १ रन थपे । केएलले ८ चौकासहित ९० रन बनाए । भारतले पहिलो पारीमा ३५८ रन बनाएको थियो । इङ्ग्ल्याण्डले पहिलो इनिङमा सानदार ब्याटिङ गर्दै ६६९ रन बनाएको थियो। कप्तान बेन स्टोक्स र जो रुटको शतक बनाएपछि टोलीले पहिलो इनिङमा ३ सय ११ रनको अग्रता लिएको थियो। पाँचौ तथा अन्तिम टेस्ट बिहिवार द ओभलमा सुरु हुनेछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह