जेनजी आन्दोलनका विषयमा आशिका तामाङको तीन माग, जेनजीलाई गोली हान्नेलाई कारवाही गर्न माग

काठमाडौं । आशिका तामाङले जेनजी आन्दोलनमा घाइते भएका र मृत्यु भएकाहरुको विषयलाई लिएर प्रधामन्त्री समक्ष ३ माग प्रस्तुत गरेकी छिन् । उनले सामाजिक सञ्जालबाट घाइतेको उपचारमा रकमको व्यस्था गर्न देखि जेनजीलाई गोली हान्नेलाई कारबाही गर्न माग गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकि छन् ‘जेनजी आन्दोलनका सहिद परिवारलाई मात्र निर्णय भएयता पनि घाइते भाइबहिनीहरूको बारेमा उचित निर्णय नभएको महसुस हुन थालेको छ । तपाईंहरू सरकारमा गएपछि पहिलो निर्णय घाइतेहरूलाई निःशुल्क गर्नु मात्र होइन, ती परिवार भौतिक, मानसिक र आर्थिक अभावको पीडाबाट गुज्रिरहेका छन् ।’ त्यस्तै सबै उपचार निःशुल्क हुँदैन, औषधि किन्नैपर्छ, ड्रेसिङ गर्न पैसा लाग्ने र बिरामी कुरुवालाई झन् समस्या, कहाँ सुत्ने, कहाँ गएर बस्ने समस्या रहेको भन्दै समस्या समाधानका लागि सरकारलाई उनले आग्रह गरेकी छिन् । उनले अधिकांश काठमाडौंमा कोठा भाडामा बस्ने, बिहान बेलुका काम गरेर खाने भाइबहिनीहरू छन् । यस्तो अवस्थामा कसरी चलेको होला ? कम्तीमा ३ महिनासम्म राम्रोसँग काम गर्न सक्ने छैनन् । यसको बारेमा सोच्न पर्दैन? भन्दै प्रश्न गरेकी छन् ।

यस्ता छन् उनका माग

१. तत्काल घाइते परिवारलाई १ लाख सम्म उपलब्ध गराइयोस्।

२. घाइते र वीरगति प्राप्त भाइबहिनीहरूको सम्पूर्ण विवरण सार्वजनिक गरियोस्।

३. ती निर्दोष भाइबहिनीहरूलाई गोली हान्न दिने हत्यारा अपराधीहरूलाई तुरुन्त कारबाही गरियोस्।

‘यो तत्काल गर्नुपर्ने काम हो, यो छिटो गरियोस्। कति पीडा छ ती भाइबहिनीहरूलाई, भोग्नेलाई थाहा छ कि मलाई। म फेरि भन्छु, ती घाइते भाइबहिनीको बारेमा यथाशीघ्र निर्णय लिइयोस्। भगवान पशुपतिनाथले सबैको रक्षा गरून्’ उनले भनेकी छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार