ताप्लेजुङ । हावाहुरीले ताप्लेजुङका विभिन्न स्थानमा क्षति पुर्याएको छ । हावाहुरीले फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा स्थानीयको घरका छाना उडाएको छ । फुङ्लिङ–१० का वडाध्यक्ष सन्तोष नुगो लिम्बूका अनुसार फुरुम्बु मयामका मानबहादुर लिम्बू, धनबहादुर लिम्बू र सुखबहादुर खत्रीको घरको छाना हावाहुरीले उडाएको छ ।
हावाहुरीले विभिन्न ठाउँमा रुख ढलाएको छ । यसबाट विद्युत्को पोलमा समेत क्षति पुगेपछि सदरमुकामसहितका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । यसैबीच, सिरिजङ्गा गाउँपालिका–७ खेवाङमा हावाहुरीले क्षति पुर्याएको छ । सिवाखोला जलविद्युत् आयोजनाका केही पोल ढलेका छन् । विद्युत् अवरुद्ध हुँदा खेवाङ अन्धकारमय बनेको छ । जिल्लाका धेरै भू–भागमा हावाहुरीले मकै, गहुँ, जाँैलगायत बालिनालीमा क्षति पुगेको स्थानीयले बताएका छन् ।