काठमाडौं । वेष्ट इन्डिजविरुद्धको खेलमा नेपालका पूर्व कप्तान सन्दीप लामिछाने निलम्बनमा परेको पाइएको छ । नेपाल क्रिकेट संघका सचिव पारख खड्काले एक विज्ञप्ति जारी गर्दै सन्दीप निलम्बनमा परेका कारणले अन्तिम दुई खेल खेल्न नपाएको जानकारी दिएका हुन् ।
पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट पहिले स्वयम सन्दीप लामिछानेले खेल नखेल्ने निर्णय गरेको विज्ञप्तिमा जानकारी गराइएको छ । टिम म्यानेजरको सिफारिसमा पहिलो खेलपछिका दुई खेलभन्दा अघि उनलाई निलम्बन गरिएको क्यानले प्रस्टीकरण दिएको छ ।