
काठमाडौं । दोस्रो टी–२० क्रिकेटमा इंग्ल्यान्डले अस्ट्रेलियालाई तीन विकेटले हराएको छ । गएराति कार्डिफमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले इंग्ल्यान्डलाई एक सय ९४ रनको लक्ष्य दिएको थियो ।
इंग्ल्यान्डले ६ बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टायो । उसका लियाम लिभिङस्टोनले सर्वाधिक ८७ रन बनाए । त्यसअघि अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो । उसका जेक फ्रेसर म्यागर्कले सर्वाधिक ५० रन बनाए ।
इंग्ल्यान्डका लियाम लिभिङस्टोन र ब्राइडन कार्सले समान दुई विकेट लिए । पहिलो खेलमा अस्ट्रेलिया २८ रनले विजयी भएको थियो । तीन खेलको श्रृङ्खला एक/एकको बराबरी भएको छ । दुई देशबीचको तेस्रो तथा निर्णायक टी–२० भोलि हुनेछ । त्यसपछि पाँच खेलको एकदिवसीय श्रृङ्खला हुनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह