महानगरको दमकल सिंहदरबारको आगो निभाउन सबैभन्दा पहिले पुगेको थियो : राजु पाण्डे

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले २४ भदौमा सिंहदबारको लागेको आगो निभाउन सबैभन्दा पहिले काठमाडौं महानगरको दमकल पुगेका दाबी गरेका छन् । बुधबार दिउँसो नगर प्रहरी प्रमुख पाण्डेले आफ्नो फेसबुक अकाउन्टमा लेख्दै सिंहदरबारको आगो निभाउन महानगरको दमकल सबभन्दा पहिले पुगेको दाबी गरेका हुन् ।

भदौ २३ देखि सुरु भएको जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा प्रदर्शनकारीले सिंहदबारमा तोडफोड र आगजनी गरेका थिए । जनस्तरमा काठमाडौं महानगरदेखि नजिकैको देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदबारमा आगजनी हुँदा दमकल नपठाएको भन्दै मेयर बालेन साह र महानगरको जनस्तरमा आलोचना भइरहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार