
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत पहाडी र हिमाली भागमा सामान्यतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भेगका साथै मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लाग्ने छ भने बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ । ती प्रदेशका पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जानकारी दिएको छ ।
हिमपात र वर्षाको पूर्वानुमान गरिएका क्षेत्रका सर्वसाधारण तथा यातायातका साधन सञ्चालनका साथै ती भेगमा यात्रा गर्नेहरुलाई सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ ।












समाचार
चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
पिएसजी र म्यानचेस्टर युनाइटेडको बराबरी
लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गरिने
चितवन हुलाक कार्यालयबाट एक करोड भन्दा बढी राजस्व संकलन
विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड
हर्मुज खोल्न तेहरानले अघि सार्याे कडा सर्त, अमेरिकी नाकाबन्दी अन्त्य र क्षतिपूर्तिको माग
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ सम्पन्न
कुमारी बैंकको ३ लाख २० हजार कित्ता सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन ?
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?