
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आफ्ना २० औं र २१औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्नेछन् ।
यस कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले गत दुई आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय पारित गर्नका लागि यही मंसिर २९ गते सोमबार कास्की जिल्लाको पोखरा–१७ घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजेदेखि दुई आर्थिक वर्षको साधारणसभा एकै पटक बस्दैछ । सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह