नेप्सेमा भगवती हाइड्रोपावरको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असोज २१ गते बुक क्लोज गर्दैछ त्यही लाभांश (बोनस सेयर) पछि कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको सेयरमूल्य ८२५ रुपैयाँ ३५ पैसा कायम भएको छ । नेप्सेको दशैं अघिको अन्तिम कारोबार मूल्यलाई आधार मानेर कम्पनीको सेयरमूल्य समायोजन गरिएको हो । समायोजन हुनुअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४० रुपैयाँ ९० पैसा थियो ।
भोलि कम्पनीको समायोजित मूल्यलाई आधार मानेर सेयर कारोबारमा आउनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार