दशैँ बिदापछि आजदेखि खुल्दै सेयर कारोबार

काठमाडौं । दशैँ बिदामा बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको छ । दशैँको बिदा आइतबारदेखिनै सकिए पनि बाढी पहिरोका कारणले सरकाले थप दुई दिन बिदा दिएसँगै सेयर कारोबार हुने दिन पनि दुई दिन पछि धकेलिएको थियो ।

८ दिन पछि खुल्ने सेयर बजारले कस्तो रहला भन्ने आम चासो रहेको छ । दशैँ अघिको अन्तिम कारोबार दिनमा भने बजार बढेर बन्द भएको थियो । असोज १२ गते अन्तिम कारोबार दिनमा बजार ११ अंकले बढेर बन्द भएको थियो । त्यस पछि बजार दशैँ बिदाका कारणले बन्द रहेको थियो ।

विगतलाई हेर्दा दशैँ तिहार बिचका सेयर बजार सुस्त हुने गरेको छ । लगानीकर्ताहरु चाडपर्वको मुडमा हुने भएकाले बजारमा अन्य समयमा जस्तो खासै कारोबार नदेखिने गरेको विगत छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार