
अदानचुली। जिल्लाका ६५ वटै मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर दलका प्रतिनिधि र उम्मेदवारबीच सर्वदलीय बैठक बसेपछि अहिले ७ः४५ बजेदेखि मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठक बिहान ११ः०० बजे बस्ने गरी बोलाइएको भए पनि ढिलाइ भएपछि दिउँसो ३ः०० बैठक बसेको थियो ।
उक्त बैठकले ७ः४५ बजेदेखि हुम्लाको मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिए । मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।
आज बिहान छ वटा मतदानस्थलका मतपेटिका हेलिकप्टरमार्फत र अन्य ५९ मतदान केन्द्रका मतपेटिका स्थलमार्ग भएर राति नै मतगणनास्थलमा ल्याइसकिएको उनले जानकारी दिए । उनका अनुसार हुम्लामा ३४ हजार ३७२ मतदाता भएपनि २२ हजार ४६७ मत खसेको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज