
काठमाडौं । बुधारबार पनि सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन पनि उच्च अंकको गिरावट आएको बजारमा आज पनि उच्च अंककै गिरावट आएको हो ।
आज नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १.७४ प्रतिशतले कम हो । आज सेयर बजारमा २३२ कम्पनीको सेयर मूल्य घटेको छ भने १८ कम्पनीको मात्रै बढेको छ । एउटा कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ८.१५ अंकले घटेर ४४६.४७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ । परिसूचक घटेपनि आज कारोबार रकममा भने वृद्धि भएको छ । अघिल्लो दिन साढे ४ अर्ब माथिको कारोबार भएको बजारमा आज साढे ५ अर्ब माथिको कारोबार भएको छ । आज सृयर बजारमा ३३५ कम्पनीका १ करोड ३७ लाख ४९ हजार ५०४ कित्ता सेयर ६३ हजार ५०९ पटक खरिद बिक्री हुँदा ५ अर्ब ७६ करोड २७ लाख १ हजार ११० रुपैयाँ बराबरको कारोबार भएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह