धितोपत्र बोर्डको सञ्चालक अर्थ मन्त्रालयका प्रतिनिधि फेरिए

काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धित्रोपत्र बोर्डको सञ्चालकमा अर्थमन्त्रालयले आफ्नो प्रतिनिधि फेरेको छ । मन्त्रालयले महेश बराललाई फिर्ता बोलाएर सहसचिव उत्तर खत्रीलाई बोर्डको सञ्चालकमा पठाएको हो ।

पछिल्लो समय रामेश्वर खनाल अर्थमन्त्री भएर आए लगत्तै महेश बराललाई अर्थ मन्त्रालयको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुखको जिम्मेवारी दिएर पन्छाइएको थियो । बरालले बिचौलियालाई सहयोग पुग्ने गरी काम गरेको आरोप लाग्दै आएको छ । सोही कारण धितोपत्र बोर्डबाट पनि बराललाई हटाइएको बुझिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार