
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले (सलिको) इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सेवाको शुरु गरेको छ । इनड्राइभ नेपालका प्रयोगकर्ताहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवम् कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई इनड्राइभ नेपाल प्रयोगकर्ताहरुको सहज, सरल माध्यमबाट बीमासेवा उपलब्ध गराउने उद्देश्यले आज एक कार्यक्रमको आयोजना गरी शुरु गरेको हो ।
उक्त इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको बीमा सेवाको लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र इनड्राइभ नेपालका तर्फबाट निर्देशक रिता पोखरेल सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त बीमा सेवाबाट दुर्घटनाका कारणले चालक तथा यात्रुहरुको मृत्यु भएमा ८ लाख रुपैयाँ पूर्ण स्थायी अशक्तता भएमा ८ लाख एवं दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा ८० हजार रुपैयाँ रकम भुक्तानी गर्नेछ । त्यसतै नाबालिक यात्रुहरुको हकमा क्षतिपूर्ती रकमको ५० प्रतिशत खर्च पाउने गरी बीमालेखमा रक्षावरण गरिएको छ ।
साथै, बीमितले बीमा गरेको रक्षावरण गरिएको क्षति भएमा सो वापतको रकम कम्पनीको दाबी विभाग मार्फत दाबी गरि लिन सक्नेछन् । उक्त बीमालेख जारी गरिएबाट राइडर तथा इनड्राइभ प्रयोगकर्ताहरुले सरल र सहज रुपमा यात्रा गर्न सक्ने कम्पनीले विश्वास लिएको छ । उक्त बीमा सेवाबाट समग्र बीमा क्षेत्रमा नै सकारात्मक सन्देश प्रवाह हुने इनडाइभ प्रयोगकर्ताहरु आफनो गन्तव्य सम्म पुग्नको लागि सुरक्षित यात्राको महसुस गर्नेछन् ।












समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित