
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश घोषणा गर्दै ३३ औँ वार्षिक साधारणभा समेत बोलाएको हो ।
बैठकले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको निर्णय गरेको हो । साथै बैठकले लाभांश पारित गर्नका लागि पुस २८ गते सोमबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा दिउँसो २ बजे साधारणसभा बोलाएको छ ।
साधारणसभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । त्यसैगरी सञ्चालक समितिमा रिक्त हुने चार सञ्चालकहरूको पदपूर्तिका लागि निर्वाचन गर्ने र गत आवमा विभिन्न संस्था र व्यक्तिहरूलाई दिइएको आर्थिक सहयोग बापतको ९ लाख ८७ हजार २०० रुपैयाँ अनुमोदन गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १५ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस १४ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।













समाचार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल