
काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन पनि सेयर बजार दोहोरो अंकले घटेर कारोबार भएको छ । आज नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५.५८ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा २०६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४० कम्पनीको मात्रै बढेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि आज २.९२ अंकले घटेर ४३७.०२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको बढेको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज सेयर बजारमा ३ अर्ब १० करोड १८ लाख ३० हजार ९४५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३१८ कम्पनीका ७६ लाख ११ हजार ६६० कित्ता सेयर ३५ हजार ७५० पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज