
काठमाडौं । यो साता नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा कीर्तिमान कायम भएको छ । यो साता सुनको मूल्य प्रतितोला २० हजार ४०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा २२५ रुपैयाँ बढेको हो ।
साताको पहिलो कारोबार दिन अर्थात आइतबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको सुन अन्तिम दिन शुक्रबार सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ पुगेको हो । यो साताको सोमबार सुनको मूल्य २ लाख ४० हजार ४०० रुपैयाँ, मंगलबार २ लाख ४८ हजार ५०० रुपैयाँ, बुधबार २ लाख ४८ हजार ९०० रुपैयाँ र बिहीबार २ लाख ५० हजार ९०० रुपैयाँ गर्दै दैनिक नयाँ नयाँ रेकर्ड बनाएको थियो ।
त्यस्तै, गत आइतबार तोलाको ३ हजार १२५ रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रबार ३ हजार ३५० रुपैयाँमा कारोबार भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ल्याएको भन्सार नीति, विभिन्न देशहरुमा देखिएको युद्धको अवस्था, ब्रिक्स राष्ट्रहरुले बढाएको सुनचाँदीको भण्डारण लगायतका कारणले पछिल्लो समय सुनचाँदीको मूल्य उच्च बढेको विश्लेषणहरुको भनाइ छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह