तिहार अघिको अन्तिम कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार २ अर्बमा खुम्चियो

काठमाडौं । यो साताको पहिलो र तिहार अघिको अन्तिम कारोबार दिनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । आज सेयर बजार परिसूचक १६.६७ अंकले बढेर २५०३.८५ विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.३१ अंकले बढेर ४३७.६० विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्यमा सुधार देखिएको छ भने ३ वटाको सेयर मूल्य घटेको छ ।

परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आज सेयर बजारमा २ अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका ६१ लाख ९९ हजार ९२९ कित्ता सेयर २८ हजार ७३७ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार