किन आन्दोलन स्थगित गर्ने तयारीमा लागे नेप्से कर्मचारी

काठमाडौं । आफूले पाउने बोनसको असन्तुष्टिमा आन्दोलनरत नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरूले आन्दोलन स्थगित गर्ने भएका छन्। आफूहरूले पाउने बोनसको विषयमा असन्तुष्टि जनाउँदै केही दिनदेखि आन्दोलनमा रहेका नेप्से कर्मचारीहरूले भोलि (बिहीबार)देखि आन्दोलन स्थगित गर्ने तयारी गरेका हुन्।

श्रम अदालतले नेप्सेलाई वार्षिक नाफाको ५ प्रतिशत रकम कर्मचारी बोनसका रूपमा छुट्याउन निर्देशन दिएपछि व्यवस्थापनले उक्त निर्णय अस्वीकार गरेको थियो। व्यवस्थापनले अदालतको आदेश कार्यान्वयन नगरेपछि कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए। नेप्से व्यवस्थापनले श्रम अदालतको फैसलाविरुद्ध असोज २८ गते सर्वोच्च सर्वोच्च अदालत गएकामा सर्वोच्चले दुवै पक्षलाई कात्तिक २३ गते उपस्थित हुन आदेश दिएको छ।

नेप्सेका कर्मचारी संगठनले बोनससम्बन्धी मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको भन्दै नेप्से कर्मचारीहरूले अहिलेका लागि आन्दोलन स्थगित गर्ने तयारी गरेको बताएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार