
काठमाडौं । चुनाव अघि सेयर बजारमा हरियाली देखिएको छ । मंगलबार सेयर बजार परिसुचक ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेको हो । यो अघिल्लो कारोबार भन्दा १.४४ प्रतिशतले धेरै हो ।
आज सेयर बजारमा २५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य आज स्थिर रहको छ । आज सेयर सेन्सेटिभ इन्डेक्स पनि ६.२५ अंकले बढेर ४६५.९९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको मूल्य बढेको छ भने १ वटाको घटेको छ ।
परिसूचक बढेको दिन सेयर बजारमा ६ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२९ कम्पनीका १ करोड ५१ लाख ८४ हजार ६०७ कित्ता सेयर ६१ हजार ३२९ पटक खरिद बिक्री हुँदा ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह