
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको कामको समय र अतिरिक्त श्रमसम्बन्धी व्यवस्थामा कडाइ गर्दै नयाँ व्यवस्था लागू गरेको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन २०८२ संशोधन गर्दै अब कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा लगाउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिनुपर्ने र बाध्य पार्न नपाइने स्पष्ट निर्देशन दिएको छ।
यसअघि निर्देशन नं. १४ को बुँदा नं. ३ मा बैंक तथा वित्तीय संस्थाको सञ्चालन समयलाई राष्ट्र बैंकको कार्यसमयसँग मिलाउनुपर्ने व्यवस्था मात्र उल्लेख थियो। उक्त बुँदामा भनिएको थियो कि बैंकहरूले राष्ट्र बैंक खुलेको दिन र समयमा नै कारोबार सञ्चालन गर्नुपर्नेछ। यदि राष्ट्र बैंकले तोकेको समयभन्दा बाहिर वा अतिरिक्त दिनमा सञ्चालन गर्नुपर्ने भए सम्बन्धित विभागलाई लिखित जानकारी दिनुपर्ने व्यवस्था थियो। त्यो व्यवस्थामा कर्मचारीको अतिरिक्त श्रम वा ओभरटाइम सम्बन्धी स्पष्ट भुक्तानी र अधिकारबारे छुट्टै कडाइ थिएन ।
जसले बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको खुल्ने दिन र समयसँगै सञ्चालन हुनुपर्ने बाध्यता राख्थ्यो। तर अतिरिक्त समय वा सार्वजनिक बिदामा सञ्चालन गर्नुपर्दा केवल जानकारी दिने व्यवस्था मात्र थियो। कर्मचारीको ओभरटाइम वा अतिरिक्त कामबारे स्पष्ट आर्थिक सुरक्षाको प्रावधान भने सीमित थियो । नयाँ संशोधित व्यवस्थाले यही बुँदालाई कर्मचारी अधिकारसँग जोड्दै थप कडा बनाएको छ।“इजाजतपत्रप्राप्त संस्थाले कर्मचारीलाई प्रचलित कानूनअनुसार मात्र अतिरिक्त समयमा काममा लगाउनु पर्नेछ। अतिरिक्त समयमा काम गराउँदा प्रचलित व्यवस्थाबमोजिम अतिरिक्त पारिश्रमिक दिनुपर्नेछ र कर्मचारीलाई बाध्य पार्न पाइने छैन।” संशोधनपछि निर्देशनमा भनिएको छ ।
यस संशोधनसँगै बैंक तथा वित्तीय संस्थाले अब सेवा विस्तार, सिस्टम अपडेट, क्लोजिङ, वा डिजिटल बैंकिङ अपरेसनका नाममा कर्मचारीलाई अनिवार्य रूपमा ढिलोसम्म राख्न नपाउने भएका छन् । यदि आवश्यक परे पनि श्रम कानुनअनुसार ओभरटाइम भुक्तानी दिनुपर्नेछ ।













समाचार
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध