मुक्तिनाथ कृषि कम्पनीको ८.८२ प्रतिशत लाभांश सुरक्षित गर्ने आव अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम रहेको छ । कम्पनीले कात्तिक १४ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीले मात्रै लाभांक पाउने भएका हुन् ।

कम्पनीले सेयरधनीहरूलाई चुक्ता पुँजीको ८.४२ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ८.८२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । यो निर्णय पारितका लागि कात्तिक २१ गते काठमाडौंको गैरीधारास्थित सिल्भर बक ब्याङ्क्वेट एण्ड इभेन्ट्स सेन्टरमा बिहान साढे ११ बजेदेखि ७ औं वार्षिक साधारणसभा बस्दैछ ।

साथै कम्पनीले लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको आधारमा ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार