
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्ष एवम वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकालले आफ्नो कार्यकाल महासंघको तर्फबाट सरकारसँग लविङ गरेर उद्योगी व्यवसायीको हितमा थुप्रै काम गरेको र अबका दिनमा उद्योगी वयवसायीको समस्या समाधानका लागि आफु सधै व्यवसायीकै साथमा रहने बताए । राजधानीमा आयोजित प्रि बजेट छलफल कार्यक्रममा उनले सरकारले निजी क्षेत्रलाई अघि बढाउने हो भने करको दायर उच्च भन्दा पनि फराकिलो बनाएमा राहत मिल्ने बताए । व्यवसायीलाई करको दायरमा मात्र राख्नु भन्दा पनि व्यवसायीक वातवरण बनाउनु आवश्यक छ । निजी क्षेत्रलाई साथमा लिई अघि बढ्नु गरी सरकारले बजेट तयार गर्नुपर्ने जरुरी छ , उनले भने ।
यसअघि सरकारले निजी क्षेत्रमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवेश गर्ने नियम ल्याउन लागेको थियो त्यसमा हालका अध्यक्ष चन्द्रप्रसाद ढकाल र आफुहरु लागेको र त्यसलाई रोक्न सफल भएको भन्दै अहिलेको कार्यकालमा २० भन्दा बढी कानूनहरु परिमार्जन गरी व्यवसायीमैत्री बनाउन सफल भएका छौं । सोही अनूरुप अबका दिनमा पनि व्यवसायीक हकहितमा काम गर्न नरेशलाल समुहलाई नै जिताउनुको विकल्प छैन ।
उनले उद्योगी तथा व्यवसायीको हितको लागि काम गनुपर्ने दायित्व आफूमाथि रहेकोब बताएका छन्।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व