सुनको मूल्य स्थिर, चाँदीको बढ्दा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ ।

आज चाँदीको मूल्य तोलामा २ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य २ हजार ९६५ रुपैयाँमा कारोबार कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार