काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा ४.५६ अंकले बढेर कारोबार भएको हो ।
आजको प्रि ओपन सेसनको कारोबार पछि परिसूचक २५७०.६६ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको घटेको छ । आजको उक्त सेसनमा ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.४९ अंकले बढेर ४४६.१२ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ३७ कम्पनीका २ हजार २९५ कित्ता सेयर ५५ पटक खरिद बिक्री हुँदा ३१ लाख ९५ हजार ३८२ रुपैयाँको कारोबार भएको छ ।