
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकले आगामी कात्तिक २६ गतेका लागि १९ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।
उक्त सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छ । बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो । उक्त सभाले मुख्य रूपमा हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ । साथै बैंकको प्रबन्धपत्र वा नियमावलीमा व्यवसायि उद्देश्यहरू भए थप गर्ने र सोमा नियमनकारी निकायबाट थप सुझाव वा हेरफेर वा संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि तय गरिएको छ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ बुक क्लोजका आधारमा कात्तिक १३ गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्रै बैंकको सभामा भाग लिन र सभाले पारित गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।













समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन