जीवन विकास लघुवित्तको संस्थापक सेयर लिलाम बिक्रीमा, मूल्य कति ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । लघुवित्तले ४ जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ४९ हजार ५० कित्ता संस्थापक सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा राखेको छ ।

कम्पनीले यी सेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँमा बिक्रीमा राखेको छ । सेयर खरीदका लागि बोलपत्र पेश गर्दा कम्तीमा २५० कित्ताका लागि र बढीमा १०० ले निःशेष भाग जाने जुनसुकै संख्या वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ । यसमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूका साथै सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायत इच्छुक सबैले बोलपत्र पेश गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

सेयर किन्न इच्छुक लगानीकर्ताले आज कात्तिक २५ गतेदेखि मंसिर ९ गते दिउँसो साढे २ बजेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नु पर्नेछ। यस्तो बोलपत्र काठमाडौंको बालुवाटारस्थित बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड र मोरङ कटहरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पाइनेछ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार